३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एमाले चितवनको अधिवेशन स्थगित

रासस

चितवन — नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

एमाले चितवनको अधिवेशन स्थगित

जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले सोमबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन पुनःस्थगित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएकाले कार्यकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै अधिवेशनअन्तर्गत निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

उक्त अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्दसत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको हो ।

प्रकाशित : पुस २६, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?