एमाले जिल्ला अधिवेशन : नुवाकोट अध्यक्षमा मैनाली, रसुवामा तामाङ

रसुवा र नुवाकोट — नेकपा (एमाले) जिल्ला अधिवेशनअन्तर्गत नुवाकोट र रसुवामा जिल्ला कमिटी अध्यक्ष चयन भएका छन् । दुवै जिल्लामा निर्विरोध रुपमा अध्यक्ष चयन भएका हुन् ।

एमाले जिल्ला अधिवेशन : नुवाकोट अध्यक्षमा मैनाली, रसुवामा तामाङ

आइतबार सकिएको नुवाकोट जिल्ला अधिवेशनबाट अध्यक्षमा बद्री मैनाली निर्विरोध निर्वाचित भए । त्यस्तै आइतबार नै सकिएको रसुवा जिल्ला कमिटीको अधिवेशनबाट कर्न्याल तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

मैनाली नुवाकोट निर्वाचन क्षेत्र नम्बर 'ख' बाट निर्वाचित प्रदेश सांसदसमेत हुन् । नुवाकोटको सचिवमा सुदर्शन नेपाल, उपसचिव काशीराज अधिकारी र निलकण्ठ आचार्य चयन भएका छन् । कार्यसमितिमा खुल्लातर्फ ४८ जना चयन गरिएको छ । जिल्ला कार्यसमितिको पहिलो बैठकले दुई वटा निर्वाचन क्षेत्रबाट १५/१५ जनाको दरले मनोनीत गरिने जनाइएको छ ।

एमाले रसुवा उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली थापा ब्लोन रहेका छन् ।

प्रकाशित : पुस २५, २०७८ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?