१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रसुवामा सुक्खा पहिरो पन्छाउन थालियो

रासस

रसुवा — मङ्गलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ । सुक्खा पहिराले  सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो ।

पहिरो हटाउन बुधबार बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा ओहोरदोहोर गराउन सुरक्षाकर्मी परिचालन गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले जानकारी दिए ।

ठाडो भीर क्षेत्रमा अवस्थित राजमार्गको अवरोध हटाउन संयमता अपनाउनुपर्ने भएकाले पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने प्राविधिकको अनुमान छ । पहिराले राजमार्ग अवरूद्व बनाएपछि चीनबाट आयात गरिएका मालसामान बोक्ने कन्टेनर टिमुरे क्षेत्रमै रोकिएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ खोला आसपास क्षेत्रको भू–भागमा पहिराले विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेत बन्द छ । टिमुरे तथा रसुवागढी क्षेत्रमा सञ्चारविच्छेद भएको छ ।

प्रकाशित : पुस २१, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?