मुख्यमन्त्रीलाई पत्रकार महासंघको १० बुँदे मागपत्र

मकवानपुर — नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई १० बुँदे मागपत्र बुझाएको छ ।

मुख्यमन्त्रीलाई पत्रकार महासंघको १० बुँदे मागपत्र

महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाले पाण्डेलाई प्रदेशका १३ जिल्लामा सूचना केन्द्र स्थापना, हेटौंडामा महासंघको प्रदेश कार्यालय स्थापना, सबै पत्रकारलाई बिमाको दायरामा समेट्न र सञ्चारमाध्यमको दिगोपनाका लागि आवश्यक नीति तर्जुमा गर्न आग्रह गर्दै मागपत्र बुझाएका हुन् ।

सञ्चारकर्मीका लागि विधागत पत्रकारिता तालिम, छात्रवृत्ति, बिरामी पत्रकारको उपचार, चितवन र काभ्रेमा तालिम केन्द्रको स्थापना, कोरोनाका कारण समस्यामा रहेका सञ्चारमाध्यमलाई सहयोग, नीतिगत विज्ञापन प्रणालीको व्यवस्थापन माग गरिएको छ ।

प्रकाशित : पुस २०, २०७८ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?