कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रसुवागढी नाका जोड्ने सडकको पहिरो बुधबार बिहानबाट पन्छाउन थालिने  

बलराम घिमिरे

रसुवा — रसुवागढी नाका जोड्ने सडकमा झरेको पहिरो बुधबार बिहानबाट पन्छाउन थालिने भएको छ । मंगलबार बिहान झरेको सुक्खा पहिरोका कारण रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड अवरुद्ध छ ।

रसुवागढी नाका जोड्ने सडकको पहिरो बुधबार बिहानबाट पन्छाउन थालिने  

सुक्खा पहिरो धेरै ठूलो छ, जसकारण यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।

सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘करिब सय मिटर माथिबाट आएको पहिरोको लम्बाइ करिब सय मिटर जति नै छ,’ उनले भने । तीन वटा मेसिन प्रयोग गरेर भए पनि पनि बुधबार बेलुकीसम्ममा सडक खुलाइने उनले जानकारी दिए ।

बाटो अवरुद्ध हुँदा रसुवागढी नाकाबाट सामान लोड भएर आएका कन्टेनर र अन्य सानाठूला सवारी बाटोमै अलपत्र छन् ।

पहिरोले विद्युत्‌का पोलमा पनि क्षति पुर्‍याएको बताइएको छ । टिमुरे क्षेत्रमा इन्टरनेट र विद्युत् सेवा नै अवरुद्ध भएको छ ।

प्रकाशित : पुस २०, २०७८ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?