एमाले जिल्ला अधिवेशनमा विद्युतीय मतदान

काभ्रे — एमाले काभ्रेले १० औं जिल्ला अधिवेशनमा विद्युतीय मतदान गर्ने भएको छ । पुस २३ मा धुलिखेलमा हुने अधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी सम्पूर्ण तयारी गरिएको जिल्ला अध्यक्ष अशोकुमार व्याञ्जु श्रेष्ठले बताए । जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १ सय ५ सदस्यका लागि निर्वाचन हुँदै छ । 

एमाले जिल्ला अधिवेशनमा विद्युतीय मतदान

३५ वटा मेसिनबाट १ हजार ४ सय प्रतिनिधिले मतदान गर्ने प्रतिनिधि व्यवस्थापन समिति संयोजक नारायण पाण्डेले जानकारी दिए । उनका अनुसार वडा तहबाट १ हजार ३ सय ५८ प्रतिनिधि छनोट भएको र केही संख्या जिल्ला कमिटीले मनोनयन गर्नेछ । प्रतिनिधि स्वयंले अनलाइन फाराम भरेपछि प्राप्त हुने बार कोडकै आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको उनले बताए ।

यसैबीच, एमालेको अधिवेशन अवधिभर धुलिखेलका होटलले कोठा, खाना र पेय पदार्थमा २५ प्रतिशत छुट दिने भएका छन् ।

प्रकाशित : पुस २०, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?