१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्याफ्रुबेंसी रसुवागढी सडक खण्ड अवरुद्ध

रासस

रसुवा — सुक्खा पहिराका कारण स्याफ्रुबेंसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट मंगलबार बिहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै रोकिएका छन् । 

स्याफ्रुबेंसी रसुवागढी सडक खण्ड अवरुद्ध

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको एक्स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिए । यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उनले बताए ।

पहिरास्थलमा निरन्तर स-साना ढुंगा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ ।


प्रकाशित : पुस २०, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?