सडक बन्यो, मुआब्जा मिलेन- वाग्मती - कान्तिपुर समाचार

सडक बन्यो, मुआब्जा मिलेन

पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्लास्थित इकाई नै खारेज भएपछि धोबी–ढाँडे सडक आयोजनाबाट मुआब्जा पाउन बाँकी स्थानीय अलमलमा
टीकाप्रसाद भट्ट

रामेछाप — धोबी–ढाँडे सडक निर्माण पूरा भएको २ वर्ष बितिसक्दा स्थानीयले मुआब्जा अझै पाएका छैनन् । सडकमा पर्ने संरचना र जग्गाको मुआब्जा वितरणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला कार्यालयसमेत बहिर्गमन भइसकेको छ ।

२०७२ वैशाखको भूकम्पबाट क्षति भएका पूर्वाधारहरूको पुनर्निर्माण गर्ने क्रममा प्राधिकरणले लिखु तामाकोसी गाउँपालिका–४ धोबीदेखि सैपुको ढाँडेसम्मको ३९ किलोमिटर सडक पुनर्निर्माण गरेको थियो । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भएको उक्त सडक ग्राभेल गर्न करिब २३ करोड रुपैयाँ खर्च भएको थियो । सडकमा परेका जग्गाको मुआब्जा नेपाल सरकारले उपलब्ध गराउने निर्माणअघि गरिएको सम्झौतामा उल्लेख थियो । सम्झौताबमोजिम सडक निर्माण पूरा भई त्यसको खर्च एडीबीले भुक्तानी गरिसके पनि सरकारले भने स्थानीयलाई अझै मुआब्जा रकम दिएको छैन । ‘मुआब्जाको पैसा पनि कुन निकायले दिने भन्ने कुराको टुंगोसमेत छैन,’ ढाँडेका रमेश वाग्लेले भने, ‘केही स्थानमा निर्धारण भइसकेको रकम पनि रोकिएको छ भने केही जग्गाधनीको मुआब्जा रकम निर्धारण गर्नै बाँकी छ ।

साविकमा मुआब्जाको काम गर्ने प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का निरोज श्रेष्ठका अनुसार पहिलेको सर्भेमा छुट भएका ५७ जना र सर्भेमा परेका ३३ जनाले मुआब्जा पाएका छैनन् । जसमध्ये छुटेको जग्गाको हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले रकम तोक्नेछ । सडकमा कुल १ हजार १ सय २३ कित्ता जग्गा परेको छ । त्यसमध्ये २ सय ६६ कित्ता सार्वजनिक जग्गा हो । कुल ८ सय ३३ कित्ताको मुआब्जा रकम सम्बन्धित जग्गाधनीले बुझेका श्रेष्ठले बताए । ‘छुटेका ३३ जना मुआब्जा वितरणका बेला सम्पर्कमा नआएका, बैंक खाता उपलब्ध नगराएका र थोरै जग्गा पर्नेहरू हुन्,’ उनले भने, ‘उनीहरूको जग्गा कित्ताकाट भएको तर अब मुआब्जा रकम कुन निकायले दिने भन्ने टुंगो लागेको छैन ।’

गत भदौबाट जिल्लास्थित इकाई नै खारेज भएको छ । इकाईले गर्दै आएको काममध्ये निजी आवासको अनुदान वितरणको काम भने सघन सहरी तथा भवन निर्माण आयोजना, गुम्बा निर्माणको कार्य गुम्बा व्यवस्थापन समिति र सडकलगायत पूर्वाधारको काम स्थानीय पूर्वाधार विकास विभागलाई हस्तान्तरण गरिएको छ । तर यी निकाय मुआब्जासम्बन्धी विषय सल्टाउन अलमलमा छन् । जिल्लाबाट सबै काम टुंग्याएका जग्गाधनी पनि कुन निकाय चहार्ने भन्नेमा अन्योलमा छन् ।

पहिलेको सर्भेभन्दा फरक स्थानबाट सडक निर्माण भएपछि त्यस क्षेत्रको पुनः सर्भे भएको थियो । उक्त सर्भेबमोजिम ५७ कित्ता छुट हुन गएको जग्गाको हकमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराएर गत वर्ष नै इकाईले रकम माग गरेको थियो । तर सरकारले मुआब्जाका लागि रकम पठाउनुको साटो जिल्लामा रहेको आयोजना नै खारेज भएपछि समस्या भएको हो ।

प्रकाशित : पुस १८, २०७८ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी खुला केन्द्रीय सदस्यमा महिला ६ जना, दलित ५ जना

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट खुलातर्फ महिला ६ जना र दलित ५ जना केन्द्रीय सदस्य चयन भएका छन् । आइतबार बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहालले खुलातर्फ १११ जनाको नाम पढेर सुनाएका थिए । त्यसमध्ये ६ जना महिला छन् भने ५ जना दलित छन् ।

दाहालले महिलातर्फ पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी र यशोदा सुवेदी गुरुङको नाम सुनाएका छन् ।

त्यस्तै, दलित समुदायका महेश्वरजङ्ग गहतराज, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी अछामी र दलजित श्रीपाइली खुलातर्फ केन्द्रीय सदस्य बनेका छन् ।

माओवादीले २९९ सदस्यीय केन्द्रीय समितिमा समानुपातिक र खुलातर्फ ५०–५० प्रतिशत नेतृत्व चयन गरेको हो । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने माओवादीको घोषणा छ ।

यस्तो छ खुलातर्फ केन्द्रीय सदस्यको सूची

नेपबहादुर थारु चौधरी

लक्ष्मणदत्त जोशी

शरदसिंह भण्डारी

खगराज भट्ट,

नरेन्द्रबहादुर कुँवर

त्रिलोचन भट्ट

माधव सापकोटा

युवराज चौलागाईं

लेखनाथ दाहाल

शालिकराज जमकट्टेल

श्यामकुमार श्रेष्ठ

हरि दाहाल

महेश्वर दाहाल

हेमलाल शर्मा

सन्तकुमार दराई,

हितमान शाक्य,

कृष्णप्रसाद सापकोटा,

धर्मदत्त देवकोटा,

मुक्ति प्रधान,

ईश्वरीप्रसाद भण्डारी,

सुनील मानन्धर,

हरिबोल गजुरेल,

पुष्पकमल दाहाल प्रचण्ड,

दिलिप महर्जन,

सुदन किाराती,

किरणकुमार राई,

सुरेश राई,

हेमराज भण्डारी,

राजेन्द्र कार्की,

एकचन्द्र बराल,

पदमबहादुर राई,

साबित्रीकुमार काफले,

सुरेन्द्रकुमार कार्की,

युवराज भट्टराई,

अजयशंकर नायक,

अशोक मण्डल,

भरतप्रसाद शाह,

प्रकाशहरि पोखरेल,

राजु खड्का,

योगकुमार यादव,

गोपाल ठाकुर,

रामकुमार शर्मा,

रामेश्वर राय यादव,

मातृका यादव,

प्रल्हादकुमार बुढाथोकी,

गिरिराजमणि पोखरेल,

विश्वनाथ साह,

गणेश साह,

इन्द्रजीत थारु,

जीवन गौतम,

तेजबहादुर ओली,

हेमराज शर्मा पोखरेल,

गणेशमान पुन,

जगप्रसाद शर्मा,

वर्षमान पुन,

महेश्वरजंग गहतराज,

कुलप्रसाद केसी,

डोरप्रसाद उपाध्याय,

सुबबहादुर रोका,

तिलकराम शर्मा,

चक्रपाणि खनाल,

कृष्णध्वज खड्का,

कृष्णबहादुर महरा,

बामदेव क्षेत्री,

झकबहादुर मल्ल,

विन्दमान विष्ट,

रामदीप आचार्य,

महेन्द्रबहादुर शाही,

राजकुमार शर्मा,

शक्ति बस्नेत,

गजेन्द्र महत,

टेकबहादुर बस्नेत,

जनार्दन शर्मा,

मायाप्रसाद शर्मा,

कालीबहादुर मल्ल,

युवराज दुलाल,

रामप्रसाद सापकोटा,

ओमनाथ ढुंगाना,

गंगा कार्की

पुष्पविक्रम मल्ल,

लीलामणि पोखरेल,

लक्ष्मण पन्त,

लेखनाथ न्यौपाने,

डिलाराम आचार्य,

झक्कु सुवेदी,

सीपबहादुर बस्नेत,

कृष्ण केसी,

अमरबहादुर गुरुङ तमु,

गुप्तबहादुर ठकुरी,

खिमलाल देवकोटा,

देवेन्द्र पौडेल,

हरिबहादुर चुमान,

बालकृष्ण गैरे,

नारायणकाजी श्रेष्ठ,

कृष्णप्रसाद धिताल,

देवप्रसाद गुरुङ,

श्रीराम ढकाल,

सुरेश आलेमगर,

हितराज पाण्डे,

दिनानाथ शर्मा,

पम्फा भुसाल,

उर्मिला अर्याल,

जयपुरी घर्ती,

रेखा शर्मा,

पूर्णाकुमारी सुवेदी,

यशोदा सुवेदी गुरुङ,

परशुराम रम्तेल,

महेन्द्र पासवान,

गोपी सार्की अछामी,

दलजित श्रीपाइली,

वीरमान चौधरी,

कुमार पौडेल

प्रकाशित : पुस १८, २०७८ २१:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×