कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राजमार्गमा ‘तौल पुल’: क्षमताभन्दा बढी बोके कारबाही 

काभ्रे — मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी तौल बोक्दा सवारी दुर्घटना र सडकमा समेत क्षति भएपछि जिल्लाका प्रमुख राजमार्ग र फिडर सडकमा ‘तौल पुल’ राखिएको छ । 

राजमार्गमा ‘तौल पुल’: क्षमताभन्दा बढी बोके कारबाही 

बीपी राजमार्गको भकुन्डेवेशी, अरनिको राजमार्गको केराघारी र पनौती सडकको नैकिनटारमा जिल्लामा नै पहिलोपटक तौलपुल स्थापना गरिएको छ ।

मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधित) को व्यवस्थाअनुसार अनिवार्य रूपमा मालवाहक सवारीसाधनको भार मापन गर्नुपर्ने प्रावधानअनुसार विभागको अनुमतिमा तौलपुल सञ्चालनमा ल्याइएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेजका सञ्चालक राजेशसुन्दर सैजुले जानकारी दिए । ती स्थानमा मालसमानसहित सवारीसधान तौल गरेर ‘लोड सिट’ दिइन्छ । सोही सिटका आधारमा नियामक निकायले अनुगमन र कारबाही गर्नेछ ।

पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले मालवाहक साधनले क्षमताभन्दा बढी भार बोक्दा सडक जीर्ण भएको र दुर्घटनासमेत भएको भन्दै तौलपुल सञ्चालनमा ल्याएपछि सहज हुने विश्वास व्यक्त गरे । पनौती, दोलालघाट, सिन्धुपाल्चोकको मेलम्ची, बन्देउ, रोशी, सिन्धुलीलगायतका क्षेत्रमा रहेका क्रसर तथा खानीबाट ढुंगा, गिट्टी, बालुवालगायतका निर्माण सामग्री बोकेर दैनिक २ देखि ३ हजार टिपर ओहोरदोहोर गर्छन् ।

बढी क्षमता बोक्ने ती साधनका कारण सडक जीर्ण हुनुका साथै सवारी दुर्घटना हुने गरेको छ । ६ चक्के २ एक्सएल क्षमताका ती सवारीसाधले ८ टनसम्म मालसामान बोक्न पाउने भए पनि ५ टनसम्म बढी भार बोक्ने गरेको भेटिएको छ । तौल गर्दा टिपरले १३ टन निर्माण सामग्री बोकेको पाइएको थियो । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठले बढी भार बोके कानुनअनुसार कारबाही गरिने बताइन् ।

प्रकाशित : पुस १६, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?