१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ

चितवन — श्रीमतीको हत्या गरेको आरोपमा चितवन प्रहरीले भरतपुर महानगरपालिका–६ अमरबस्तीका २५ वर्षीय साजन महतोलाई पक्राउ गरेको छ ।

श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ

साजनकी श्रीमती २२ वर्षीया अम्बिाका महतोलाई सोमबार राति आफन्तले घाइते अवस्थामा घर छेउमा भेटेका थिए । मंगलबार बिहान उपचारका लागि अम्बिकालाई भरतपुर अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार घटना स्थलको प्रकृति हेर्दा र अम्बिकाको शरीरमा लागेको चोट हेर्दा शंका बढेको थियो । सोधपुछ र प्रारम्भिक अनुसन्धानले साजनले अम्बिकाको हत्या गरेको खुल्न आएका डीएसपी अधिकारीले बताए ।

साजनलाई मंगलबार नै पक्राउ गरेर मुद्दा दायर गर्न थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीको भनाइ छ ।

प्रकाशित : पुस ८, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?