कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुलीमा सवारी दुर्घटना, एकको मृत्यु

सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ रिठ्ठेभीर नजिकै  बिहीबार बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बर्दिबासबाट काठमाडौं जाँदै गरेको ब्रोइलर कुखुरा लोड गरिएको बोलेरो दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका–१५ परवानीपुरका २० वर्षीय कुन्थाङ मोक्तान रहेका छन् ।

दुर्घटनामा परी घाइते चालक ३० वर्षीय आइतसिंह बम्जन र २१ वर्षीय मनिष परियारको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जनाकारी दिए ।

बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरको प्रदेश २–०२–००१ च ४००८ नम्बरको बोलेरो सडकबाट करिब २ सय फिट तल खसेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ८, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?