१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
कांग्रेस महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यमा वाग्मतीबाट केसी, रञ्‍जित र नेपाल निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेशबाट कांग्रेसको केन्द्रीय सदस्यमा राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी निर्वाचित भएका छन् । प्रदेशको खुलातर्फ केसी र रञ्जित विजयी भएका हुन् । केसीले २ हजार १२९ मत पाएका छन् भने रञ्जितले २ हजार ४१९ मत पाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यमा वाग्मतीबाट केसी, रञ्‍जित र नेपाल निर्वाचित

त्यस्तै, महिलातर्फ उर्मिला नेपाल केसी २ हजार ३४९ मतसहित विजयी भएकी छन् । प्रतिनिधिसभा सदस्य रहेका केसी नेता शेखर कोइराला निकट हुन् भने रञ्जित र नेपाल सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् ।

त्यही पदका प्रत्यासी ध्रुवप्रसाद अधिकारीले २ हजार १११, निमा ग्याल्जेन शेर्पाले ३७५, मनोज रानाले २४५ र रमेशप्रसाद धमलाले १६८४ मत पाएका छन् ।

त्यस्तै, महिलातर्फ कृष्णा अमात्यले ५५१ र विष्णुदेवी पुडासैनीले १६७० मत पाएका छन् ।

प्रकाशित : पुस ६, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?