कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दोलखामा मोटरसाइकल दुर्घटना एकको मृत्यु 

केदार शिवाकोटी

दोलखा — दोलखाको मेलुङ गाउँपालिका—३ गोलेगाउँमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

दोलखामा मोटरसाइकल दुर्घटना एकको मृत्यु 

बा ६१ प १७०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शैलुङ गाउँपालिका—८ का अन्दाजी ६० वर्षीय डम्बर थपलियाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भानुभक्त निरौलाले बताए । उनका अनुसार दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक मोहन थपलियालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

गोलेगाउँबाट मंगलबार दिउँसो शैलुङ गाउँपालिका आउँदै गरेको मोटरसाइकल कच्ची सडकमा चिप्लिएर ७० मिटर तल खसेरको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?