कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सिन्धुलीमा ट्र्याक्टरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको तीनपाटन गाउँपालिका ५ तल्लो पचरुङ्गीमा ट्र्याक्टरको ठक्करबाट बुधबारसाँझ पैदलयात्री महिलाको मृत्यु भएको छ । लाम्पान्टारबाट शाखामाडीतर्फआउँदै गरेको लु.अ.भ. १७४८ नं ट्र्याक्टरको ठक्करबाट तीनपाटन गाउँपालिका ११ परासेकी ३३ वर्षीया सरिता मगरातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट टाउको र छातीमा गम्भीर चोट लागेकी मगरातीको उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

चालक, धनी र ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया थालिएको प्रहरी नायव उपरीक्षक लामाले जनाए ।

प्रकाशित : मंसिर २९, २०७८ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?