चितवनमा भाले गैंडा मृत भेटियो

रासस

चितवन — चितवनको भरतपुरमा एउटा भाले गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

चितवनमा भाले गैंडा मृत भेटियो

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५०० मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा गैंडा मृत फेला परेको हो । घटनापछि प्राविधिकको टोलीबाट शव परीक्षण भएको छ ।

उनले भने, 'मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्टपछि मात्रै थाहा हुन्छ ।' डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का प्राविधिक टोलीले मृत गैडाको व्यवस्थापन गरेको छ ।

गैंडाको खाग र खुरसहित सबै अङ्ग सुरक्षित छ । मृत गैंडाको शरीरमा कुनै चोट पनि देखिएको छैन । गैंडाको सिङ र खुर डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ ।

प्रकाशित : मंसिर २७, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?