कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्रकले ठक्कर दिँदा घरभित्रै छिर्‍यो माइक्रोबस

रमेशकुमार पौडेल

चितवन — यात्रु बोकेर सडकमा कुदिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिएपछि माइक्रो राजमार्ग नजिकैको घरभित्र छिरेको छ ।

ट्रकले ठक्कर दिँदा घरभित्रै छिर्‍यो माइक्रोबस


पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडक छोडेर घरतिर हुत्तिएको हो । पृथ्वीराजमार्गको चितवन खण्ड अन्तर्गत इच्छाकामाना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको माइक्रोबसका यात्रुमध्ये चारजना सामान्य घाइते भएका छन् । बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई एकै साइडमा रहेको ना ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनाका प्रतक्षदर्शी रहेका इच्छाकामाना एफएमका स्टेशन म्यानेजर दानबहादुर गुरुङका अनुसार ठक्करपछि असन्तुलित भएको बस सडक छाडेर आडैको मित्र गुरुङको घरमा गएर ठोक्किएको थियो ।

बिहानको समयमा फिस्लिङ बजारमा तरकारी खरिद बिक्री गर्नेको ठूलो जमघट हुने गर्छ । माइक्रोबसका घाइते यात्रुहरूलाई स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो । उनीहरूको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताए ।

तस्बिर सौजन्य : दानबहादुर गुरूङ

प्रकाशित : मंसिर २३, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?