२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हत्या अभियोगमा ४ जना पक्राउ

रासस

काठमाडौँ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा मंगलबार राति चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ पर्नेहरूलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शव परीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा २ ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो ।

हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो । उक्त बसका चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।

प्रकाशित : मंसिर २२, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?