कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भ्युटावरसहित १३ तले भवन बनाउँदै हेटौंडा उपमहानगरपालिका

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले भ्युटावरसहितको १३ तले बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने भएको छ ।

भ्युटावरसहित १३ तले भवन बनाउँदै हेटौंडा उपमहानगरपालिका

उपमहानगर प्रमुख हरिबहादुर महतको रोहबरमा सोमबार प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र निर्माण कम्पनी लामा–रसुवा–बानियाँ जेभीका तर्फबाट ऋषिराज बानियाँबीच भवन निर्माणसम्बन्धी सम्झौता भएको हो ।

७७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागत अनुमानमा बोलपत्र आह्वान गरिएकामा ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँमा लामा–रसुवा–बानियाँ जेभीले ३ वर्षभित्रै निर्माण सक्ने गरी ठेक्का सकारेको थियो ।

हेटौंडा–४ हुप्राको चौरमा निर्माण गरिने भवनको दुई तलामा अन्डरग्राउन्ड पार्किङ रहनेछ । चारतिरबाट लिफ्ट, दुईवटा भर्‍याङ र भ्युटावर पनि निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए । एक बिघा ६ कट्ठामा निर्माण हुने भवनमा सिनेमा हल, सभाहलसमेत रहनेछ ।

प्रकाशित : मंसिर २२, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?