१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सरकारलाई कामयावी बनाउन मन्त्रालयको संख्या बढाइयो : मुख्यमन्त्री पाण्डे

नगेन्द्र अधिकारी

काभ्रे — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारलाई कामयावी बनाउन मन्त्रालयको संख्या थपेको बताएका छन् । मंगलबार धुलिखेलमा नेपाल व्यवसायिक बाख्रापालक महासंघको प्रथम काभ्रे भेला तथा अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले श्रोत निर्धारण र विकासमा संन्तुलन होस् भनेर त्यस्तो निर्णय गरिएको दाबी गरे ।

सरकारलाई कामयावी बनाउन मन्त्रालयको संख्या बढाइयो : मुख्यमन्त्री पाण्डे

‘प्रदेश सरकारले नयाँ मन्त्रालयहरू केही थपेर, केही नयाँ संयोजन गरेका छौं, मन्त्रालयको काम कामयावी बनाउन र विकासमा सन्तुलन, श्रोत निर्धारणमा सन्तुलन होस् भन्ने सोच हो,’ पाण्डेले भने, ‘मन्त्रालयको जुन विषयमा बढी पैसा छ, त्यतै मन्त्रीको ध्यान हुने देखियो, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भूमि व्यवस्था र सहकारीलाई एउटा, कृषि र पशुपंक्षीलाई अर्को मन्त्रालय बनायौं, भौतिक पूर्वाधारबाट सिंचाई र उर्जा, सडक र पुललाई अलग अलग मन्त्रालय अन्तर्गत राख्यौं, एउटै मन्त्रालय हुँदा मन्त्रीको ध्यान सडक र पुल, त्यो पनि आफ्नो क्षेत्रमा लान मात्रै ध्यान हुने रहेछ ।’

वाग्मती प्रदेश सरकारले हालै मन्त्रालयको संख्या बढाएर १४ पुर्‍याउने निर्णय गरेपछि भागबण्डा मिलाउनको लागि भन्दै आलोचना हुँदैआएको छ । मुख्यमन्त्री पाण्डेले छिट्टै मन्त्रीपरिषद् विस्तार हुने संकेत गर्दै को मन्त्री हुने भन्ने २/४ दिनमा थाहा हुने बताए । ‘को मन्त्री हुने २/४ दिनमा थाहा पाउनुहुन्छ, गठबन्धनका ५९ जनामध्येबाटै मन्त्री हुने हो,’ उनले भने ।

मन्त्रिपरिषद् विस्तार गर्दै वाग्मतीका मुख्यमन्त्री, ८ मन्त्रालय फुटाएर १४

प्रकाशित : मंसिर २१, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?