२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

१२९ वर्ष कैद तोकिएका फरार पक्राउ

राजकुमार कार्की

सिन्धुली — एक सय २९ वर्ष जेल सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी मंगलबार सिन्धुली अदालतमा पेस गरेको छ । चोरी तथा डकैती मुद्दामा तनहुँ जिल्ला अदालतबाट एक सय २९ वर्ष ७ महिना १५ दिन कैद तोकिएका सिन्धुली तीनपाटन–१ बेलघारीका ३० वर्षीय मगर कान्छा भनिने भेषबहादुर थापा समातिएका हुन् ।

१२९ वर्ष कैद तोकिएका फरार पक्राउ

उनलाई १४ लाख ८३ हजार ३ सय ४७ रुपैंयाँ जरिवानाको समेत फैसला भएको थियो । डीएसपी मनोजकुमार लामाका अनुसार ६ जबर्जस्ती चोरी मुद्दा र १२ डाँका चोरी मुद्दामा थापा २०७१ वैशाख १७ र २०७२ जेठ ४ मा दोषी ठहर भएका थिए ।

प्रकाशित : मंसिर २१, २०७८ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?