कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अवैध बैंकिङ कारोबार गर्ने पक्राउ

रासस

काठमाडौँ — चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गरेको भन्दै प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ ।

नेपाल राष्ट्र बैंकबाट मान्यता (ईजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याएर मेक्स मि ई–कमर्सले राम्रो ब्याज दिने आर्थिक प्रलोभनमा पारी निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दैआएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।

ठगी गरेको सूचनाका आधारमा प्रहरीले संस्थाका कार्यकारी निर्देशक पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तिमिल्सेना आफैंले नेपाल राष्ट्र बैंकको नक्कली इजाजतपत्र तयार गरेको प्रारम्भिक अनसन्धानबाट खुल्न आएको छ । तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

दैलेखको आठबीस नगरपालिका–७ घर भई हाल भरतपुर–७ बस्ने २७ वर्षीय तिमिल्सेनालाई यही मङ्सिर ६ गते नै पक्राउ गरिएको थियो । उनलाई चितवन जिल्ला अदालतबाट आइतबार म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

प्रकाशित : मंसिर २०, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?