कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खाजीलुङमा भूमिस्पर्श बुद्ध

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनस्थित खाजिलुङमा ४९ फिट अग्लो आकर्षक बुद्धको मूर्ति स्थापित गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको एक करोड दुई लाखको लागतमा मूर्ति बनाइएको हो ।

खाजीलुङमा भूमिस्पर्श बुद्ध

मूर्ति स्थापित भएसँगै सर्वसाधारणका लागि दर्शन गर्न खुला गरिएको वडाध्यक्ष शुकदेव रिसालले बताए । ‘बौद्ध धर्मको परम्पराअनुरूप पूजापाठ सकेर दर्शन गर्न सबैको लागि खुल्ला गरिएको छ,’ उनले भने ।

स्थानीय तामाङ भाषामा खाजीलुङको अर्थ हो हावा आयो । कुनै बेला चीनको स्वशासित क्षेत्र तिब्बतको भोटबाट सामग्री बोकेर स्थानीय र यात्रु यही बाटो हुँदै आउजाउ गर्थे । त्यहीबेला केही भरिया बास बस्ने क्रममा हावाहुन्डरीले सबै कुरा उडाएपछि ‘खाजिलुङ’ भनेर कराएका थिए ।

त्यसपछि स्थानीयले उक्त क्षेत्रलाई खाजीलुङ भन्ने गरेका हुन् । ‘बुद्धमूर्ति बनेपछि खालिजुङमा पूजा गरी हत्याहिंसा बन्द गरिएको छ,’ उनले भने । त्यस्तै, चौतारा साँगाचोकगढी–६, पानीट्यांकी डाँडामा साढे चार करोडको लागतमा पार्कसहितको ६७ फिट अग्लो बुद्धमूर्ति निमाण भइरहेको छ । धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न बुद्धपार्क निर्माण भइरहेको नगरका सल्लाहकार रोहित शर्माले बताए ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?