२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चितवनमा बस र एम्बुलेन्स ठोक्किँदा ६ जना घाइते

रासस

काठमाडौँ — भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना६ख ९४५८ नम्बरको बसमा सोही दिशातर्फ बिरामी पुर्‍याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नम्बरको एम्बुलेन्सले आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित ६ जना घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?