कांग्रेस वाग्मतीमा कसैको आएन ५१ प्रतिशत मत, पुन: मतदान हुने

सुवास विडारी

मकवानपुर — कांग्रेस वाग्मती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन:मतदान हुने भएको छ ।
आइतबार बिहान सम्पन्न मत गणना अनुसार कांग्रेस वाग्मतीप्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । सभापतिमा बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका छन् । बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन् ।

कांग्रेस वाग्मतीमा कसैको आएन ५१ प्रतिशत मत, पुन: मतदान हुने

कांग्रेसको विधानअनुसारमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानअनुसार सभापतिमा पुन: मतदान हुने भएको छ । पुन:मतदान आइतबार बिहान ११:३० बजेबाट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

अब दोस्रो चरणमा बानियाँ र केसीबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ । बानियाँ संस्थापन अर्थात् पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा तथा केसी संस्थापन इतर समूहका उम्मेदवार हुन् । प्रधान कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।

प्रकाशित : मंसिर १९, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?