कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘अपांगताका सवालमा पालिकालाई जिम्मेवार बनाइयोस्’

काठमाडौँ — सरकारले अपांगता भएका व्यक्तिसम्बन्धमा बनेका नीति तथा कानुन कार्यान्वयनमा स्थानीय तहलाई जिम्मेवार बनाउन राष्ट्रिय अपांग महासंघ नेपालले माग गरेको छ । ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुक्रबार महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नीति–नियमहरूका बारेमा स्थानीय तहलाई अभिमुखीकरण गर्नुपर्छ र अपांगता भएका व्यक्तिको अधिकारको पक्षमा काम गर्न र गराउन जिम्मेवार बनाउनुपर्छ ।’

‘अपांगताका सवालमा पालिकालाई जिम्मेवार बनाइयोस्’

हरेक मन्त्रालयले आफ्ना वार्षिक कार्यक्रम र नीतिमा बजेटसहित समेट्नुपर्ने, हरेक पालिकामा अपांगता भएका व्यक्तिको सही तथ्यांक राख्ने व्यवस्था र प्रणालीमा एकरूपता ल्याउनुपर्ने महासंघको माग छ । अपांगता परिचयपत्र वितरणलाई व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने, बौद्धिक अपांगता, अटिजम, श्रवणदृष्टिविहीन, हेमोफेलिया, ह्वीलचियर प्रयोगकर्ताहरूका लागि विशिष्टीकृत कार्यक्रम ल्याई लागू गर्नुपर्नेमा पनि विज्ञप्तिमा जोड दिइएको छ । स्थानीय सरकारले विपद्को अवस्थामा समेत समस्या नबुझिदिँदा आफूहरू राज्यको सेवासुविधाबाट वञ्चित हुनुपरेको महासंघ महासचिव राजु बस्नेतले गुनासो गरे ।


प्रकाशित : मंसिर १७, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?