किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ


रामेछाप — किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रामेछापमा एक युवालाई पक्राउ गरेको छ । एक साताअघि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोठगाउँका ३२ वर्षीय नवराज कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।



पीडित परिवारले प्रहरीमा उजुरी गरेपछि कार्कीलाई सोमबार साँझ रामेछाप नगरपालिका-१ बाट पक्राउ गरेको थियो ।
कार्की विरुद्ध जबरजस्ती करणीको अभियोगमा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद लिई हिरासतमा राखिएको डीएसपी ढुंगानाले बताए ।
प्रकाशित : मंसिर १६, २०७८ १५:३२