रसुवा कांग्रेस सभापतिमा पेम्बाछिरिङ तामाङ निर्विरोध

बलराम घिमिरे

रसुवा — कांग्रेस रसुवाको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा पेम्बाछिरिङ तामाङ निर्विरोध चयन भएका छन् ।

मंगलबार सम्पन्न अधिवेशनले जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश समिति, प्रदेश अधिवेशन प्रतिनिधिलगायत सबै पदका पदाधिकारी निर्विरोध चयन गरेको हो ।

पेम्बाछिरिङ तामाङ सभापतिमा पुन: दोहोरिएका हुन् । उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ रहेका छन् ।

प्रकाशित : मंसिर १५, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?