कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

सिन्धुलीमाडीमा आगलागी

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटामा भिषण आगलागी भएको छ । त्यहाँस्थित शाह आइरन एन्ड इलेक्ट्रिक सेन्टरमा मंगलबार १० बजेदेखि आगलागी हुँदा करोडौंको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुलीमाडीमा आगलागी

प्रारम्भिक जानकारी अनुसार विद्युत् सट भएर हर्डवेयरको गोदामबाट आगलागी सुरु भएको थियो । जस्ताको छाना लगाएर २० वटा गोदामको कोठामा रहेको सबै सामान आगलागीमा परेको छ ।

कमलामाई नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको भएपनि अहिलेसम्म आगो निभेको छैन । प्रहरीका अनुसार हार्डवेयरको गोदामा आगोले चाँडो टिप्ने सामान भएकाले आगलागी पूरै नियन्त्रणमा लिन नसकिएको हो । आगलागी नियन्त्रणमा आइनसकेकाले के कति क्षति भयो भन्ने आकलन हुन नसकेको प्रहरीले बताएको छ । संचालक सिकन्दर शाहका अनुसार आगलागीबाट ५ करोडभन्दा बढीको सामान जलेर नष्ट भएको छ ।

हार्डवेयर, विद्युत्, प्लाई, लगायतका सामान गोदाममा भण्डारण गरिएको थियो । स्थानीय, सशस्त्र र जनपथ प्रहरीले आगोले नभेटेको सामान सुरक्षितस्थानतर्फ फालिरहेका छन् । आगलागी भएपछि मानिसको भीड भएकाले बीपी राजमार्गसमेत अवरुद्ध भएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए । शाह आइरनसँगै रहेको कनिस्का इन्टरप्राइजेजमा पनि आगलागिले क्षति पुर्‍याएको जनाइएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?