धादिङ कांग्रेस सभापतिमा अधिकारी निर्वाचित

रासस

धादिङ — नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् ।  कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले एक हजार ८२ मत प्राप्त गरेका छन् ।

धादिङ कांग्रेस सभापतिमा अधिकारी निर्वाचित

२ हजार २ सय क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा दुई हजार १५६ ले मतदानमा भाग लिएका थिए ।

यसैगरी जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित हुनुभएको छ । जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ । कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित भएका छन् । यसैगरी क्षेत्र नम्बर १ को महासमिति सदस्यको निर्वाचन भएको छैन ।

प्रकाशित : मंसिर १३, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?