सिन्धुलीका पालिकामा माओवादी नेतृत्व सर्वसम्मत

सिन्धुली — नेकपा माओवादी केन्द्रको शनिबार सम्पन्न सम्मेलनले सिन्धुलीका ९ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । सम्मेलनले कमलामाई नगरपालिकामा शेरबहादुर कार्की, दुधौली नगरपालिकामा दीपक खड्का, मरिण गाउँपालिकामा गोपाल बुढाथोकी, सुनकोसीमा दुधराज पुलामीमगरलाई अध्यक्षमा चयन गरेको हो ।

सिन्धुलीका पालिकामा माओवादी नेतृत्व सर्वसम्मत

त्यस्तै तीनपाटन गाउँपालिकामा आनन्द कार्की, फिक्कलमा लोकेन्द्र कार्की, गोलन्जोरमा केपी पोखरेल, घ्याङलेखमा शंकरमान घलान, हरिहरपुरगढीमा कार्साङ लामा अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

७९ वडा सम्मेलन सकेको माओवादी केन्द्रले सिन्धुलीका ९ वटै पालिकामा एकसाथ सम्मेलन गरेको थियो । नाचगान, पञ्चेबाजा, मौलिक संस्कृतिका झाँकीहरु, परम्परागत भेषभूषालगायतलाई पालिका सम्मेलनमा समेटिएको थियो । दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा माओवादी केन्द्रका १५ हजार पाँच सय संगठित सदस्य रहेको संगठन विभाग प्रमुख गणेश रत्नको दाबी छ ।

प्रकाशित : मंसिर ११, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?