१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको राकाथुममा २०६६ असोज ९ गते भएको हत्याकाण्डका २ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले १२ वर्षपछि पक्राउ गरेको छ । 

छिमेकी जिल्ला काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका २९ वर्षीय तीर्थमान दोङको हत्या आरोप लागेका साविक राकाथुम गाविस हाल खॉडादेवी १ बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयरामलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाका अनुसार ज्ञानबहादुरलाई शुक्रबार राकाथुमबाटै र जयरामलाई काभ्रेको धुलिखेलबाट शनिबार बिहान पक्राउ गरिएको हो । दुवैलाई हिरासतमा राखि अनुसन्धान गर्न आइतबार जिल्ला अदालतबाट म्याद थपको तयारी रहेको ढुंगानाले बताए ।

कामको सिलसिलामा राकाथुम आएका बेला पुरानो रिसीईबीका कारण ज्ञानबहादुर र जयरामले तीर्थमानलाई खुकुरी र तरबार प्रयोग गरी हत्या गरेको किटानी जाहेरी आफन्त पृथ्वीमान दोङले दिएका थिए । हत्याको किटानी जाहेरी प्रहरी कार्यालयमा दर्ता भएको थाहा भएलगत्तै दुवैजना फरार भएका थिए ।

प्रहरीले तलास गर्ने क्रममा ज्ञानबहादुर राकाथुममै रहेको जानकारी पाएपछि पक्राउ गर्न सफल भएको थियो ।

प्रकाशित : मंसिर ११, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?