१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एक भोटले सिन्धुली क्षेत्र नम्बर २ मा देउवा पक्षका ढकाल विजयी

राजकुमार कार्की

सिन्धुली — कांग्रेस सिन्धुली संघीय क्षेत्र नम्बर २ मा देउवा पक्षीय उम्मेदवार कुमार ढकाल एक मत अन्तरले निर्वाचित भएका छन् । ढकालले ३६२ मत पाएका छन् भने अर्का प्रतिस्पर्धी कपिल कोइरालाको ३६१ मत प्राप्त गरे । 

एक भोटले सिन्धुली क्षेत्र नम्बर २ मा देउवा पक्षका ढकाल विजयी

मत गणना हुँदा ११ मत फरक बाकसमा परेपछि धाँधली भएको भन्दै तीनदिन अघिदेखि मतगणना रोकिँदा नतिजा घोषणा हुन सकेको थिएन । कांग्रेस जिल्ला समिति र विजयी उमेद्वारहरुको रोहबरमा निर्वाचन समतिले शनिबार गणना हुन बाँकी रहेको ११ मतमा ढकालको ४ र कोइरालाको ६ मत रहेको थियो । एक मत खाली थियो ।

यसअघिको अन्तिम गणनामा ढकालको ३५८ र कोइरालाको ३५५ मत रहेको थियो । मुचुल्का उठाएर लाहाछाप गरी सुरक्षित राखेको मतपत्र गणना हुँदा एक मतले ढकाल विजयी भएको मतदान अधिकृत मनोज शाहले जानकारी दिए । विजयी ढकालले भने धाँधली भएको भन्दै मतगणना बहिष्कार गरेका थिए ।

नतिजा प्राप्त भएर विजयी भएका ढकालले लोकतन्त्रमा मतको कदर भएको बताए । सिन्धुलीका दुईवटै संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा देउवा पक्षीय उमेद्वारले जित हात पारेका छन् । संघिय क्षेत्र नं १ मा देउवा पक्षीय उम्मेदवार कर्णबहादुर थापामगर क्षेत्रीय सभापति पदमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी पौडेल पक्षीय पुष्पबहादुर कार्की रहेका थिए । दुवैजना उम्मेद्वार गाउँपालिकाका अध्यक्ष हुन् । क्षेत्रीय सभापति बाहेकको महाधिवेशन प्रतिनिधि ४८ जनामा भने संस्थापन र इतर पक्षको संख्या बराबरीजस्तै छ ।

प्रकाशित : मंसिर ११, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?