२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कांग्रेस मकवानपुरको अधिवेशन महाधिवेशनपछि

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेस मकवानपुरको अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ । हेटौंडामा वाग्मती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

कांग्रेस मकवानपुरको अधिवेशन महाधिवेशनपछि

कांग्रेस जिल्ला पदाधिकारी र सल्लाहकारसहितको बैठकको सर्वसम्मत निर्णयले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्न निर्वाचन अधिकृत समक्ष अनुरोध गरिएको उनले बताए ।

मंसिर ७ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र वाग्मती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले त्यसअघि जिल्ला अधिवेशन गर्न सम्भव नभएको निष्कर्ष निकालिएको बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बानियाँले जानकारी दिए ।

‘भर्खरै मात्र वडादेखि क्षेत्रीय अधिवेशनहरू सकेका छौं । अब हेटौंडामै हुने प्रदेश अधिवशेनको तयारी गर्न ढिला भइसक्यो । त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न सम्भवै नहुने भयो । प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिइसकेकाले जिल्ला अधिवेशन नहुँदा प्रदेश र केन्द्रको महाधिवेशनलाई असर गर्ने पनि होइन । त्यसैले जिल्ला अधिवेशन सार्नु नै उचित देखियो,’ उनले भने ।

वाग्मती प्रदेश अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सबै किसिमको तयारीमा जुटिसकेको पनि उनले बताएका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुँदैछ ।


प्रकाशित : मंसिर ८, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?