बालिकालाई बलात्कार प्रयासको आरोपमा १८ वर्षीय युवक पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — गत शुक्रबार विद्यालयबाट घर फर्कँदै गरेकी ५ वर्षीया बालिकालाई जवर्जस्ती करणी प्रयास गरेको आरोपमा रामेछापको भुजीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको उमाकुण्ड ७ भुजीको देउरालीबारीकी ५ वर्षीया बालिकालाई उनी सगैं रहेकी ८ वर्षीया दिदीबाट छुटाई ढुंग्गाको चेपमा लगेर करणीको प्रयास गर्ने सोही स्थानका १८ वर्षीय प्रकाश भन्ने पदमबहादुर नेवारलाई प्रहरीले भुजीकै बांसघारीमा लुकेको अवस्थामा ३ दिनपछि सोमबार पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बहिनीलाई करणीको प्रयास गर्न थालेपछि संगै रहेकी चिच्च्याएकी दिदीलाई पनि मार्ने धम्की दिई तानेर करणीको प्रयास गर्दै गर्दाको अवस्थमा अरुले देखेपछि नेवार भागेका थिए । प्रहरीले उनको खोजीको क्रममा भुजीकै लहरे टोलबाट सोमबार बेलुका पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार पक्राउ परेका युवकलाई जवर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दामा अनुसन्धान गर्न मंगलबार जिल्ला प्रहरी कार्यालयबाट ५ दिन थुनामा राख्न म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।


प्रकाशित : मंसिर ७, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?