३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एमाले पालिका अधिवेशन : काभ्रेमा अधिकांश सर्वसम्मत, तीन स्थानीय तहमा हुन सकेन

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लाका ९ स्थानीय तहमा एमालेले सर्वसम्मत नेतृत्व टुंग्याएको छ । जिल्लाका १३ मध्ये १० स्थानीय तहमा ९ गते पालिका अधिवेशन गरिएको हो । वडा अधिवेशन नभएका कारण जिल्लाको रोशी, बेथानचोक र खानीखोला गाउँपालिकामा अधिवेशन हुन सकेको छैन ।

धुलिखेल नगरपालिकामा दयाराम महत, पनौतीमा सुरेश हुमागाईं, पाँचखालमा विष्णुहरि पौडल, मण्डनदेउपुरमा शेरबहादुर डोटेल र बनेपामा रत्नकुश रञ्जित सर्वसम्मत अध्यक्ष चयन भएका छन् । अन्य पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन भएका हुन् ।

चौरीदेउराली गाउँपालिकामा जिताराम लामा, महभारतमा जगतमान मोक्तान, भुम्लुमा कृष्णमान तामाङ र तेमालमा इन्द्रमान तामाङ सर्वसम्मत भएको जिल्ला कार्यालय सचिव हरिकुमार मैनालीले जानकारी दिए ।

नमोबुद्ध नगरपालिकामा भने निर्वाचन प्रक्रिया सुरु भए पनि टुंगिएको छैन । बुधबार बिहानबाट निर्वाचन प्रक्रिया सुरु भए पनि सहमतिको प्रयास भइरहेको जनाइएको छ ।

जिल्लाका १ सय ३५ वडामध्ये रोशी गाउँपालिका ८, बेथानचोक गाउँपालिका ४ र ६ तथा खानीखोला गाउँपालिका २ र ५ गरी ५ वटा वडामा अधिवेशन हुन बाँकी छ । चौरीदेउराली ९ र रोशी १० मा बुधबार जारी छ । अन्य १ सय २८ वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।


प्रकाशित : कार्तिक १०, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?