कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा ५९ जनाको जाँच गर्दा ५५ जनामा कोरोना पुष्टि 

रासस

काठमाडौँ — नुवाकोटमा शनिबार कोरोना रोगको ५८ जना नयाँ संक्रमित थप भएका छन् । योसहित जिल्लामा सक्रिय संक्रमितको संख्या ७६ पुगेको छ । जिल्लाको विभिन्न स्थानबाट संकलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शंकास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट संकलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

नुवाकोटमा ५९ जनाको जाँच गर्दा ५५ जनामा कोरोना पुष्टि 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमित थप हुनेमा विदुर नगरपालिकामा ३६ जना, किस्पाङ गाउँपालिकामा सात जना, बेलकोटगढी नपामा चार जना, सूर्यगढी, ताँदी र म्यागङमा तीन/तीन जना र तारकेश्वर गाउँपालिकामा एक जना रहेका छन् ।

नुवाकोटमा कोरोना संक्रमितको संख्या क्रमशः घट्ने क्रममा रहेको र १२ मध्ये पाँच वटा पालिका संक्रमणमुक्त भएको तथा संक्रमित पहिचान १० प्रतिशतको हाराहारीमा रहेको थियो । शनिबार एकैदिन धेरै संख्या मा कोरोनाको नयाँ संक्रमित पहिचान भएको हो ।

प्रयोगशालामा ५९ जनाको जाँच गर्दा ५५ जना र बिरामी भएर अस्पतालमा उपचार गराउन गएका पाँच जनामा तीन जनासमेत गरेर ५८ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ । धेरै संख्या मा कोरोनाको भाइरस देखिएसँगै दोर्‍याएर गरिएको जाँचमा समेत सोहीअनुसारको नतिजा आएसँगै रोगको संक्रमण पुनःसमुदायमा व्यापकरुपमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना सक्रमित पुष्टि हुनेमा अधिकांश जिल्ला सदरमुकाम विदुरका बासिन्दा छन् । उनीहरूका स्वास्थ्यमा कोरोना रोगको लक्षणसहितको समस्या देखिएसँगै जाँच गराउने क्रममा भाइरस पुष्टि भएको हो । संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर भएसँगै त्रिशूली अस्पतालमा भर्ना गरिएको छ भने बाँकी ७५ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?