१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्षको निधन

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको छ ।

इन्द्रावती गाउँपालिकाकी उपाध्यक्षको निधन

कांग्रेस जिल्ला सभापति विकास लामाकी श्रीमतीसमेत रहेकी अधिकारी लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका अनुसार उपचारका क्रममा शनिबार बिहान ७ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको निधन भएको हो । ५१ वर्षीया अधिकारीका ३ छोरी छन् ।




प्रकाशित : कार्तिक ६, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?