नुवाकोट र रसुवामा पनि धानबालीमा नष्ट- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोट र रसुवामा पनि धानबालीमा नष्ट

कृष्ण थापा

नुवाकोट — नुवाकोट र रसुवामा भित्र्याउने बेला भएको ६ हजार रोपनीमा लगाइएको धानबालीमा क्षति पुर्‍याइएको छ । असोज ३१ देखि ३ गतेसम्म परेको भारी वर्षाले दुवै जिल्लामा लगाइएको धानबाली क्षति पुर्‍याएको हो ।

नुवाकोटमा ५ हजार ९ सय २० रोपनी र रसुवामा २ सय रोपनीमा लगाइएको धानबाली क्षति पुगेको कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवा कार्यालयले जनाएको छ । उनका अनुसार काटेर निहिन राखिएका धानबाली बढी क्षति पुगेको हो ।

दुप्चेश्वर गाउँपालिका ३ रावतबेंसीकी लिला केसीले धानको ठाडो बालाभन्दा र काटेको धान वर्षाले खेतका आलीमा उम्रिएको बताइन् । यतिबेला काटिएका धान २/३ दिन घाममा सुकाएर झाँट्ने गरिन्छ ।

वर्षाले धान खेतमै उम्रिएपछि अब चामल किनेर खानुपर्ने बाध्यता बढेको किसानहरु बताउँछन् । ‘भित्र्याउन ठीक्क पारेको धान उम्रियो,’ बेलकोटगढी नगरपालिका ९ नलगाउँका किसानले भने,‘चामल किनेर खानुपर्ने दिन आयो ।’

कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी क्षति विदुर र बेलकोटगढी नगरपालिकामा १/१ हजार रोपनीमा क्षति पुगेको छ भने सबैभन्दा कम म्यागङ गाउँपालिकामा ९० रोपनी क्षेत्रफलमा धानबाली क्षति पुगेको छ ।

कृषि ज्ञान केन्द्रले नुवाकोट र रसुवा दुवै जिल्लालाई हेर्ने गर्छ । रसुवाको तल्लोभेग उत्तरगया र नौकुण्ड गाउँपालिकामा वर्षातले धानबाली क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र नुवाकोट–रसुवाका प्रमुख केशव खनालले ठाडोभन्दा काटेर झाँट्न राखिएका धानबाली बढी क्षति भएको बताए ।



प्रकाशित : कार्तिक ५, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

जयनगर–कुर्था रेलका भौतिक संरचना हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — जयनगर–कुर्था खण्डमा भारत सरकारको सहयोगमा निर्माण भएका भौतिक संरचना हस्तान्तरण भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै भारतीय राजदूत विनयमोहन क्वात्राले भौतिक मन्त्री रेनुकुमारी यादवलाई संरचनाको कागजात हस्तान्तरण गरेका हुन् । 

विभागका महानिर्देशक दीपकुमार भट्टराई, नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झा, भारत सरकारका तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनलका रविसाहे र सुरेन्द्र सिंहले संयुक्त रुपमा संरचना हस्तान्तरण गर्ने कागजातमा हस्ताक्षर गरेका थिए ।

विभागका महानिर्देशक भट्टराईका अनुसार पहिलो चरणमा जयनगरदेखि कुर्थासम्मको ३४ दशमलव ९ किलोमिटर दूरीमा निर्माण गरिएका भौतिक संरचना हस्तान्तरण गरिएको हो । रेलको ट्रयाक, स्टेसन बिल्डिङ, सिग्नलिङ इकुपमेन्ट हस्तान्तरण भएको रेल विभागले जनाएको छ । अहिले हस्तान्तरण भएको उक्त खण्ड जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एक हिस्सा हो । जसको दुरी ६८ दशमवल ७२ किमि छ ।

भौतिक संरचना हस्तान्तरण भएपनि अझै रेल सञ्चालनमा आउन सक्ने अबस्था छैन । एक बर्षअघि ल्याइएका दुईवटा रेल सेट अहिलेसम्म पालले छोपेर राखिएको छ । भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा तयार गरेर दिएको हो । रेल सञ्चालन सम्बन्धी अध्यादेश नआएसम्म रेल चलाउन नसकिने रेल विभागले जनाएको छ ।


प्रकाशित : कार्तिक ५, २०७८ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×