२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

प्रदेशसभाको बैठकमा एमाले सहभागी हुने, मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सत्तारुढ नेकपा एमाले सहभागी हुने भएको छ । एमालेले पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभाको वैठकमा सांसदहरु उपस्थित हुन नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएको थियो ।

प्रदेशसभाको बैठकमा एमाले सहभागी हुने, मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने

तर मन्त्रीहरुको दबाबपश्चात् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रदेशसभाको बैठकमा सहभागी हुन राजी भएकी हुन् । ‘हामी प्रदेशसभाको बैठकमा सहभागी हुन्छौँ । आजै विश्वासको मतसमेत मुख्यमन्त्रीले माग्नुहुन्छ,’ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले सदन बोलाइसकेको अवस्थामा बैठकमा जानुको विकल्प नभएको बताए ।

‘सदन सरकारको सबैभन्दा ठूलो अङ्ग हो । हाम्रो पार्टीको अधिवेशन भएका कारण बैठक सहभागी हुन सक्दैनौं भनेका हौं । तर, हामी सहभागी हुन्छौं । प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री एवम् राज्यमन्त्री बैठकमा सहभागी हुनुहुन्छ,’ उनले भने । सदनमा सहभागी हुने वा नहुने विषयमा एमालेभित्र व्यापक मतभेद सिर्जना भएपछि मुख्यमन्त्री एवम् संसदीय दल नेता अष्टलक्ष्मी शाक्यले मन्त्री तथा आफूनिकट सांसदसँग छलफल गरेर सदनमा सहभागी हुने निर्णयमा पुगेकी थिइन् ।

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले बिहीबारको बैठकबाट विश्वासको मत लिने प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले पनि विश्वासको मत विभाजनका लागि आवश्यक तयारी गरिसकेको छ । ‘अविश्वासको मतका विषयलाई कसरी टुंग्याउने सदन कहिलेसम्म चलाउने सबै सभामुखको हातमा रहेको विषय हो । हामीले त्यस विषयमा कुनै छलफल गरेका छैनौं,’ उनले भने । सरकार संसदीय प्रणाली र संवैधानिक व्यवस्थाअनुसार अगाडि बढ्न सदैव तत्पर रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलागउँदा दलहरुबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो । एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् ।

बिहीबारको बैठकमा सार्न एमालेले सभामुखलाई आधिकारिक पत्र पठाएको थियो । तर, विपक्षीको निरन्तर दबाबपश्चात् सभामुख सानुकुमार श्रेष्ठ बैठक स्थगित गर्ने निर्णयबाट पछाडि हटेका थिए ।


प्रकाशित : कार्तिक ४, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?