कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बिहीबार दिउँसो वाग्मती प्रदेशसभाको बैठक बस्दै

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रक्रिया सुरु हुने
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा बैठकबाट अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनेछ । प्रदेशसभा सचिवालयले विश्वासको मत लिनका लागि आन्तरिक तयारी गरिसकेको छ ।

बिहीबार दिउँसो वाग्मती प्रदेशसभाको बैठक बस्दै

मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलागउँदा दलहरुबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको जानकारी दिए ।

एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग अहिले सभामुखसहित ४३ जना मात्रै सांसद छन् । प्रदेशसभामा गठबन्धनबाहिर रहेका साना दलसँगको सहकार्यमा पनि उनलाई सरकार टिकाउन आवश्यक मत पुग्दैन । सदनमा माओवादी २३, कांग्रेस २२, नेकपा (एस) को १३ र जसपाको १ मत छ । सरकार बनाउन ५५ मत भए पुग्छ ।

सत्तारुढ नेकपा एमाले संसदीय दलले बिहीबारको प्रदेशसभा बैठक सार्न आग्रह गर्दै सभामुख सानुकुमार श्रेष्ठलाई लिखित पत्र पठाएको थियो । एमालेले बैठक सार्न प्रदेशसभा सचिवालयलाई पत्रचार गरेसँगै विपक्षी गठबन्धनले सदन चलाएर मतविभाजन प्रक्रिया अगाडि बढाउन सभामुख श्रेष्ठलाई आग्रह गरेको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?