१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दुर्घटनामा २ को मृत्यु

प्रताप विष्ट

हेटौंडा — भीमफेदी कुलेखानीमा शनिबार बेलुका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । 

काठमाडौंबाट वीरगन्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो ईन्द्रसरोवर गाउँपालिका-२ लामाबगरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा काठमाडौं महानगरपालिका—१६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया—७ का ४५ वर्षीय राम सहनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।

घाइते चार जनाको उपचार स्टार अस्पताल काठमाडौं र अन्य ४ जनाको हेटौंडा अस्पतालमा भइरहेको छ ।

तीव्र गतिमा आएको सुमो मोड काट्ने क्रममा सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ३१, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?