१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मनकामना केबुलकार  सञ्चालनमा

रासस

मुग्लिन — मनकामना केबुलकार शनिबारदेखि नियमित सञ्चालनमा आएको छ । दसैंको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । 

मनकामना केबुलकार  सञ्चालनमा

विगतकम वर्षमा दसैंमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस संक्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो ।

गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताए ।

प्रकाशित : आश्विन ३०, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?