कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३३ घाइते 

अनिश तिवारी

सिन्धुपाल्चोक — काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३३ घाइते 

बा ४ ख १८०२ नम्बरको काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बस सडकबाट केही तल खसेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । उनकाअनुसार बसका चालक प्रहरीको नियन्त्रणमा छन् भने ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौंका विभिन्न अस्पताल रिफर गरिएको छ ।

मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : आश्विन २६, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?