१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पिङ बाँध्‍दा लडेर मकवानपुरमा एकको मृत्यु

सुवास विडारी

मकवानपुर — दसैंका लागि पिङ बनाउने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दसैंका लागि पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ माण्डुकै ५३ वर्षीय प्रेम लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लामा पिङको लठ्ठा बाँध्ने क्रममा खसेका थिए । घाइते लामालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन २६, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?