३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रहरी जनताको साथी : मुख्यमन्त्री शाक्य

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रहरी जनताका प्रिय साथी बन्दै गएको बताएकी छिन् । प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित ६६औं प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री शाक्यले सोच चिन्तत र व्यवहार समय अनुकूल रुपान्तरित हुँदै गएकाले प्रहरी जनताको साथी बन्दै गएको बताएकी हुन्  ।

प्रहरी जनताको साथी : मुख्यमन्त्री शाक्य

प्रहरी संगठनलाई सक्षम र प्रविधिमैत्री वनाउदै लैजानु पर्ने विचार व्यक्त गर्दै उनले भनिन्, ‘प्रहरी संगठन सक्षम र बलियो हुनु भनेको अपराधीहरु कमजोर हुनु हो ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री अजयकान्ति शाक्यले संघीय सरकारले प्रहरी समायोजन कार्यलाई अगाडि नबढाएकाले सरकारलाई प्रहरी क्षेत्रमा काम गर्न समस्या भएको बताए । प्रहरीलाई सक्षम वनाउन प्रदेश सरकारले सहयोग गर्दै आएको उनले बताए ।

उक्त कार्यक्रममा प्रहरीको सहिद परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रमका आन्तरिक मामिला तथा कानुन सचिव मदन भुजेललगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : आश्विन २०, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?