चितवनमा बाघको आक्रमणबाट १ को मृत्यु- वाग्मती - कान्तिपुर समाचार

चितवनमा बाघको आक्रमणबाट १ को मृत्यु

रासस

चितवन — बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२:५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त  गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । ‘ भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय भएको छैन ।’

सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो ।


प्रकाशित : आश्विन १९, २०७८ १९:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×