२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

केदार शिवाकोटी

दोलखा — नेपाली कांग्रेस दोलखाको जिल्ला सभापति पदमा बर्मा लामा निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा उनले प्रतिस्पर्धी ताराकुमार खड्कालाई पराजित गरे । 

कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएकोमा रामचन्द्र पौडेल समूहका उम्मेदवार लामाले पहिलो भए पनि ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन । देउवा समूहको पकड रहेको दोलखामा उक्त समूह तेस्रो भएको थियो । दोस्रो चरणमा पौडेल समूहका लामाले सिटौला समूहका खड्कालाई भारी मतले पाराजित तरे ।

जिल्ला सभापित पदका लागि खसेको १३७३ मतमध्ये लामाले ८ सय ७७ प्राप्त गरे भने खड्काले ४ सय ८५ मत प्राप्त गरे । लामा र खड्काबीच सभापतिका लागि सहमति नभएपछि मतदान भएको हो । आइतबारको निर्वाचनमा देउवा समूहका उम्मेदवार निवर्तमान सभापति रुद्रबहादुर खड्का तेस्रो भएपछि उक्त समूहले सिटौला समूहका खड्कालाई समर्थन गरेको थियो ।

आइतबार जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको समेत निर्वाचन भएकोमा सभापति पदको पुन: निर्वाचन गर्नुपरेकाले अन्यको मतगणना मंगलबारबाट गरिने निर्वाचन समितिले जनाएको छ ।


प्रकाशित : आश्विन १९, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?