कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेसको रामेछाप जिल्ला सभापतिमा तामाङ निर्वाचित

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापतिमा पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

कांग्रेसको रामेछाप जिल्ला सभापतिमा तामाङ निर्वाचित

आइतबार भएको निर्वाचनमा प्रतिस्पर्धी तीन जनामध्ये तामाङले सबैभन्दा बढी मत प्राप्त गरेका थिए । कुल सदर मत १ हजार ३ सय ५२ मा तामाङले ६ सय ६८ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी जिल्ला सभापति लवश्री न्यौपानेले ३ सय ५६ र नेता कृष्णबहादुर महतले ३ सय २८ मत पाएका हुन् । न्यौपाने र महत दुवै जना पौडेल समूहका हुन् ।

कांग्रेसको विधानबमोजिम जिल्ला सभापति निर्वाचित हुन सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्ने भएकाले निर्वाचन समितिले आइतबारको निर्वाचनमा उच्चतम मत प्राप्त गर्ने तामाङ र न्यौपानेबीच सोमबार मतदान गराउने कार्यक्रम सार्वजनिक गरेको थियो । तर न्यौपानेलगायत नेताहरूले मतदानमा नगई ५० प्रतिशतको हाराहारीमा मत पाउने तामाङलाई जिल्ला सभापतिमा सर्वसम्मत बनाउने सहमति गरेका थिए ।

उक्त सहमतिबमोजिम तामाङले मात्र दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकाले जिल्ला निर्वाचन समितिले उनलाई निर्विरोध निर्वाचित गरेको मतदान अधिकृत अर्जुनबहादुर श्रेष्ठले बताए ।


प्रकाशित : आश्विन १८, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?