कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारत सरकारको अनुदानमा बनेका ६ विद्यालय हस्तान्तरण 

नगेन्द्र अधिकारी

काभ्रे — भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपामा आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो । 

भारत सरकारको अनुदानमा बनेका ६ विद्यालय हस्तान्तरण 

बनेपास्थित आजाद माध्यमिक विद्यालय, पनौतीस्थित शारदा मावि, पाँचखालस्थित दुग्धेश्वर मावि, आजाद मावि, भगवती मावि र चौरीदेउरालीस्थित खाडादेवी मावि एकसाथ हस्तान्तरण गरिएको हो । पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटा र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रुपमा विद्यालयका प्रतिनिधीलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका अनुसार, भारत सरकारको सहयोगमा ६० करोड सत्तरी लाख ९९ हजारको लागतमा काभ्रेमा पहिलो चरणमा १० र दोस्रो चरणमा २ गरी १२ विद्यालयको पुनर्निर्माण भएको छ । ६ वटा हस्तान्तरण भएको, ४ वटा निर्माणको अन्तिम चरणमा रहेको र २ निर्माणाधिन रहेको इकाईले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री बाँस्कोटाले भारतसँग राजनीतिक र कूटनीतिक सम्बन्ध मात्रै नभइई सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्बन्ध रहेको बताए । भारतसंग नागरिक स्तरको सम्बन्ध भएको भन्दै उनले नेपाल–भारत सम्बन्ध मजबुद भएको दाबी गरे । भारतीय विदेश मन्त्रालयका सहसचिव श्रीवास्तवले नेपालको विकासमा आफ्नो सधै साथ रहने भन्दै काँधमा काँध मिलाउन तयार रहेको बताए । भूकम्पपछि शिक्षा, स्वास्थ्य, आवास, सास्कृतिक पुनर्निर्माणको क्षेत्रमा सहयोग गरेको भन्दै यसबाट सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का निर्देशक रामशरण सापकोटाका अनुसार भारत सरकारले देशभरका ७० विद्यालय र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय पुनर्निर्माणको लागि सहयोग गरेको छ । भूकम्पपछिको विद्यालय पुनर्निर्माण ९० प्रतिशत सकिएको बताउँदै उनले दातृ निकायको सहयोगले पुनर्निर्माण सहज भएको बताए ।

प्रकाशित : आश्विन १३, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?