१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कांग्रेस महाधिवेशन : जिल्ला सभापति उठ्न ६० हजार

केदार शिवाकोटी

दोलखा — दोलखा कांग्रेसले जिल्ला कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दिनका लागि चर्को मनोनयन शुल्क तोकेपछि विवाद उत्पन्न भएको छ । अधिवेशनमा जिल्लाभरबाट आउने प्रतिनिधि व्यवस्थापनका लागि भन्दै उम्मेदवार शुल्क चर्को तोकिएको हो । जिल्ला अधिवेशन असोज १५ गते गर्ने तयारी गरेको गरिएको दोलखामा जिल्ला सभापति उम्मेदवारको मनोनयनका लागि ६० हजार तोकिएको छ । कांग्रेस केन्द्रीय सभापतिको उम्मेदवारी मनोनयन दर्ता ३० हजार मात्र छ । त्यस्तै, महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी दर्ता गर्न ५० हजार शुल्क तोकिएको छ ।

कांग्रेस महाधिवेशन : जिल्ला सभापति उठ्न ६० हजार

यस्तै, जिल्ला कार्यसमिति पदाधिकारीका लागि ४० हजार र कार्यसमिति सदस्यका लागि १५ हजार मनोनयन शुल्क तोकिएको छ । मंगलबार हुने क्षेत्रीय अधिवेशनका लागि सभापतिका लागि मनोनयन शुल्क ३० हजार तोकिएको छ । पार्टी केन्द्रले जिल्ला सभापतिका लागि १० हजार र महाधिवेशन प्रतिनिधिका लागि ५ हजार शुल्क तोकेको छ ।

यसैगरी, क्षेत्रीय सभापतिका लागि ७ हजार मनोनयन शुल्क तोकेको छ । केन्द्रीय पार्टीको निर्वाचन निर्देशिका लत्याएर मनोमानी ढंगले मनोनयन शुल्क तोकिएको कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति उद्धवराज काफ्लेले बताए । ‘पार्टीको नीति र निर्देशिकाबाहिर गएर मनपरी शुल्क तोकिएको छ,’ उनले भने, ‘सधैं जिल्ला बसेर कांग्रेसको राजनीति गर्नेले यति धेरै शुल्क दिएर उम्मेदवारी दिनै सक्दैन ।’ गाउँबाट कार्यसमितिमा उम्मेदवारी दिन इच्छुकहरू उक्त निर्णय पछि खिन्न भएको उनले बताए ।

आर्थिक स्रोत नभएकालाई पार्टीभित्र प्रतिस्पर्धामा आउन नदिन यस्तो निर्णय गरिएको उनको आरोप छ । ‘म महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन्छु,’ उनले भने, ‘केन्द्रले तोकेको भन्दा एक पैसा बढी शुल्क तिर्दिनँ ।’ प्रतिनिधि आउन गाउँमा हानाथाप गरेर आएकाहरूबाट थारै शुल्क लिएर अधिवेशन व्यवस्थापन गर्न उनले सुझाए । जिल्ला कार्यसमितिले उम्मेदवारी मनोनयनमा चर्को शुल्क लिने गरेको निर्णय गलत भएको पार्टी सभापतिका प्रत्याशी ताराबहादुर खड्काले बताए । ‘पार्टीका सामान्य कार्यकर्तालाई उम्मेदवारी दिन मनोनयन शुल्कले हतोत्साही बनाएको छ,’ उनले भने, ‘तत्काल यस्तो निर्णय सच्याउनुपर्छ ।’ पार्टीले चर्को मनोनयन शुल्क तय गरेकोमा सबैभन्दा बढी युवाहरूले विरोध जनाएका छन् । ऊर्जाशील भएर पार्टीमा केही गर्छु भनेर राजनीतिमा होमिएका युवालाई निराश बनाएको युवा नेता सन्तोष पाण्डे बताए ।

‘पार्टी केन्द्रमा सीमान्तकृत, अल्पसंख्यक अपांग सबैको प्रतिनिधित्वका लागि महाधिवेशन प्रतिनिधि छनोट विधि छ,’ पाण्डेले भने, ‘यतिधेरै रकम मनोनयन तिरेर यस्ता वर्गले कसरी प्रतिनिधित्व गर्छ ।’ पार्टी केन्द्रको निर्देशिकाविपरीत गरिए

सबैको प्रतिनिधित्व गराउन तालाबन्दी समेतको चेतावनी दिएका छौं । पार्टी सभापतिका अर्का आकांक्षी बर्मा लामाले अधिवेशनमा ठूलो संख्यामा प्रतिनिधि आउने भएकाले मनोनयन शुल्क बढाउनुपरेको हुन सक्ने बताए । पार्टीको आर्थिक स्रोत नभएकाले जिल्लाभरबाट आउने १६ सय प्रतिनिधिलाई खाना तथा आवासको व्यवस्थापन गर्न मनोनयन शुल्क बढाइएको सभापति रुद्रबहादुर खड्काले बताए । ‘पार्टीको आर्थिक स्रोत छैन, अधिवेशनमा ९० लाखसम्म खर्च हुन्छ,’ उनले भने, ‘प्रतिनिधि व्यवस्थापन र अधिवेशन खर्चका लागि मनोनयन शुल्क केही बढाइएको हो ।’ आर्थिक स्रोत अन्यत्रबाट जुटेको खण्डमा उम्मेदवारी मनोनयन शुल्कबारे पुनर्विचार गर्न सकिने उनको भनाइ छ ।

यसैबीच नेपाली कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । कुल खसेको १ हजार ४ सय ६६ मतमध्ये अधिकारीले ६ सय ४९ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । मतदान अधिकृत श्रीराम दवाडीका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीले ५ सय ४६ मत ल्याए । भरत अधिकारी यसअघिका नगर सभापति हुन् । विजयी चित्रसेन अधिकारी भरतपुर महानगरपालिकाको वडा नम्बर २१ का वडाध्यक्षसमेत हुन् । भरतपुर कांग्रेसको सभापतिमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । भरतपुर कांग्रेसको उपसभापति पदमा बुद्धिकान्त न्यौपाने र विजय घले, सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले तथा सह–सचिवमा कल्पना खड्का पौडेल र उपेन्द्र पण्डित विजयी भए ।

प्रकाशित : आश्विन १२, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?